गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको वार्षिक कार्यक्रम, सोसियल वेलफेयर फन्ड तथा वाल्क फर वेलफेयर
Source: NRNA Australia Published date: 2018-01-29

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को वार्षिक कार्यक्रम, सोसियल वेलफेयर फन्ड तथा वाल्क फर वेलफेयर वारे !

१. वाल्क फर वेलफेयर :

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले वार्षिक रुपमा गर्दै आएको कार्यक्रम वाल्क फर वेलफेयर यस वर्ष पनि राष्ट्रिय  रुपमा अस्ट्रेलियाका  सवै स्टेट मा वाल्क फर वेलफेयर - वेलफेयर फर  वोमन भन्ने नारा सहित मानसिक रोग र घरेलु हिँसा न्यूनीकरण सम्वन्धि जानकारी सहित गर्ने ल  वाल्क फर वेलफेयर - वेलफेयर फर  वोमन मार्फत उठेको रकम को ६० % गैर आवासीय नेपाली संघ अन्तर्गत नारी निकुञ्ज अष्ट्रेलियाद्वारा महिला कल्याणका लागि संचालन गरिने कार्यक्रमहरु तथा परियोजनाहरु जस्तै महिला सशक्तिकरण, घरेलु हिंसा, महिला हिंसा डिप्रेसन र मनोबैज्ञानीक  तथा मानसिक रोग निदान कार्यक्रम लागि खर्च गरिने र ४० % रकम सोसियल वेलफेयर फन्डमा जम्मा गरिने छ! 

 

२.गैर आवासीय नेपाली संघ अस्ट्रेलिया NRNA  AUSTRALIA र अस्ट्रल एसियन मेडिकल एण्ड डेन्टल एशोसिएसन ( ANMDA ) विच सम्झौता पत्रमा हस्ताक्षर :

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया NRNA  AUSTRALIA र अस्ट्रल एसिया मेडिकल एण्ड डेन्टल एशोसिएसन (ANMDA) विच नेपाली समुदायमा आइ पर्ने विविध आपतकालीन स्वास्थ्य समस्या ,मानसिक रोग सम्वन्धि समस्या तथा जीवन यापनका सामाजिक, शारीरिक र स्वास्थ्य सम्वन्धि समस्या समाधान का निमित्त दुवै संस्था आगामी २ वर्ष यस विषयमा केन्द्रित रही सयुंक्त रुपमा काम गर्ने गरि एक सम्झौता पत्रमा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने र  अस्ट्रल एसियन मेडिकल एण्ड डेन्टल एशोसिएसन का अध्यक्ष डा. घनश्याम चापागाईं विच द्वीपक्षीय हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ !

 

३. गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका रास्ट्रिय महत्वका कार्यक्रम :

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको वार्षिक कार्यक्रम अन्तर्गत २०१७-१९ कार्यकाल भित्र : दिगो संस्थागत सुध्रिकरण र अभिमुखीकरण कार्यक्रम २०१८ भित्र मेल्वर्नमा गरिने, राष्ट्रियस्तरको उधमी सम्मेलन सिड्नीमा गरिने, नेपाली भाषाको संरक्षण र पर्बद्वन एवं दोश्रो पुस्ताका बाल- बालिकाको भाषा विकासका लागि अस्ट्रेलियाका  सवै स्टेटमा भएका नेपाली भाषा पाठशाला लाइ शैक्षिक सामग्री र आर्थिक सहयोग तथा नभएका ठाउमा  गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को आफ्नै पहलमा भाषा पाठशाला संचालन गरिने, पर्यटन पर्बद्वन  र लगानी अभिवृद्धि गर्ने उदेश्य  सहित अस्ट्रेलियाका  सवै स्टेट मा नेपाल फेस्टिवल सम्पन्न गर्ने !

 

४. गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को  सोसियल वेलफेयर फन्ड र तथ्यांक :

सोसियल वेलफेयर फन्ड स्थापना : सन् २०१२

कार्यकाल         प्राप्त आवेदन      सहयोग रकम 

सन् २०११ - १३     ८              २२,५००

सन् २०१३- १५      १४             ४०,०००

सन् २०१५ -१७      २४             ४१,७००

सन् २०१७-१९       ७              १३,१००

मिति २८-०१-२०१८ मा सोसियल वेलफेयर फन्ड को वैंक व्यालेन्स - अस्ट्रेलियन डलर ९२७२७.०७ रहेको छ !

 

५. स्टुडेन्ट वेलफेयर फन्ड :

गत वर्ष गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आयोजना गरेको वाल्क फोर वेलफेयर, वेलफेयर फर स्टुडेन्ट वाट संकलित रकम मिति २८-०१-२०१८ मा अस्ट्रेलियन डलर ४०८५६.७९ रहेको र सवै विधार्थी लाइ गरिने आर्थिक सहयोग सोसियल वेलफेयर फन्ड वाट नै गरिएको छ र यस फण्ड सोसियल तथा स्टुडेन्ट वेलफेयर फन्ड  पोलिसी गाइड लाइन अनुसार भविष्यमा प्रयोग र प्रयोजनमा ल्याइने छ !

 

६. स्टुडेन्ट सपोर्ट टाक्स्फोर्स (विधार्थी सहयोग कार्यदल) :

यस वर्ष गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले छुट्टै स्टुडेन्ट सपोर्ट टाक्स्फोर्स निर्माण गरि नया तथा यहा रहनु भएका विधार्थी हरुको शिप विकास , व्यक्तित्व विकास एवम उनीहरुको अध्यन मा सहयोग पुर्याउने गरि विविध कार्यक्रम गरिने !

 

७.इमर्जेन्सी रेस्पोन्स टाक्स्फोर्स(आपतकालीन उद्धार कार्यदल):

यस वर्ष गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले छुट्टै इमर्जेन्सी रेस्पोन्स टाक्स्फोर्स  निर्माण गरि समुदायमा घट्ने विभिन्न अकल्पनीय , आपतकालीन दुर्घटना एवम मानवीय दुर्घटनामा तत्काल सहयोग गर्ने गरि ( एन आर एन प्रतिनिधि , सम्वन्धित क्षेत्रका आवश्यक विज्ञ - डक्टर , वकिल , विमा विज्ञ सामुदायिक कार्यकर्ता इत्यादी ) सहित को समुह निर्माण गरि कार्य प्रारम्भ भै सकेको छ !

 

८.एन आर एन ए हेल्प डेस्क थप परिमार्जन सहित संचालन:

यस वर्ष गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले थप परिमार्जन सहित एन आर एन ए हेल्प डेस्क संचालन गरेको छ जुन सेवा मार्फत, अस्ट्रेलियामा वसोवास गर्ने वृहत नेपाली समुदायमा आइ पर्ने अकल्पनीय , दु :खद तथा जीवन यापन का असामान्य र अप्ठ्यारा किसिमका दुर्घटनाको वारे जानकारी गराई गैर आवासीय नेपाली संघ आफैले तथा यस संस्थाको मध्यम मार्फत घटना को विवरण अनुसार र उक्त घटना को लागि अवश्यक, उचित सहयोग र समाधानका उपाय प्राप्त गर्न सकिनेछ !

एन आर एन ए हेल्प डेस्क नम्वर: - १८०० ९५४ ५४० र इमेल : helpdesk @nrn .org .au 

 

९.सोसियल तथा स्टुडेन्ट वेलफेयर फन्ड पोलिसी गाइड लाइन:

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले सोसियल वेलफेयर फन्ड पोलिसी गाइड लाइन वनाई सोहि मार्फत सम्पूर्ण फन्ड को निकासा र प्रयोजन गर्ने गरिएको छ !

 

१०.न्युजलेटर र विविध सामग्री प्रकाशन :

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले यस वर्ष न्युजलेटर र विविध सामग्री प्रकाशन कार्यदल निर्माण गरि हरेक ३ , ३ महिना मा एन आर एन ए न्युजलेटर प्रकाशन तथा प्रवक्ता मार्फत आवधिक र सार्वजनिकीकारण गर्ने व्यवस्था गरिएको छ!

 

११. संस्ठागत सम्पति तथा आर्थिक पारदर्शिता र सार्वजनिकीकारण:

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले यस वर्ष एक विशेष कार्यदल निर्माण गरि संस्थाको सम्पति संरक्षण एवम संस्था को आर्थिक गतिविधि संस्था को कोषाधक्ष्य मार्फत हरेक ३,३ महिना मा आवधिक र सार्वजनिकीकारण गर्ने व्यवस्था गरिएको छ !

 

१२. नया आउने विधार्थीका लागि नेपालमा गरिने कार्यक्रम: 

यसै कार्यकाल भित्र सम्पन्न हुने गरि एन. आर. एन. ए. एन.सी सी.ले  स्टुडेन्ट सपोर्ट कार्यदल, इ क्यान नेपाल र शिक्षा मन्त्रालय  समेत को सहयोगमा नेपाल वाट अस्ट्रेलिया आउन चाहने विधार्थी हरुका लागि अस्ट्रेलिया को वारेमा (अस्ट्रेलिया राज्यको आर्थिक, सामाजिक, संस्कृतिक, शैक्षिक - कलेज युनिभर्सिटीका वारे, रोजगारीका लागि प्रारम्भिक जानकारी , वाटो घाटो , ड्राइभिंग सम्बन्धि नियम कानुन , खोला,नदि, ताल , समुन्द्र साथै पौडी  सम्वन्धि जानकारी लगायत अन्य आवश्यक जानकारी हरु समेटिएको)  सहयोगी पुस्तिका प्रकाशन गरि शिक्षा मन्त्रालय र इ क्यान नेपाल मार्फत सवै विधार्थी लाइ उक्त पुस्तिका हस्तान्तरण गर्ने व्यवस्था मिलाउने कार्यक्रम संचालन हुनेछ !

 

१३.गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका १९  फरक कार्यदल:

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले यस वर्ष १९  फरक कार्यदल र उक्त कार्यदलको कार्यक्षेत्र,कार्यविधि र समय तालिका निर्माण गरि कार्य प्रारम्भ भै सकेको छ! 

 

१४. रास्ट्रिय स्तरको उद्यमि सम्मेलन :

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले गत वर्ष देखि सु चारु भएको रास्ट्रिय  उद्यमि सम्मेलन लाइ निरन्तरता दिदै एक एन. सी. सी. एक लगानी एक रोजगारी भन्ने नारा सहित साउथ एशिन रिजनका राष्ट्र हरु , सार्क राष्ट्र  र अस्ट्रेलिया वाट समेत नेपालमा लगानी गर्ने गराउने वातावरण निर्माण गर्ने गरि अस्ट्रेलियन सरकार, अस्ट्रेलियन विजनेस काउन्सिल र नेपाल अस्ट्रलिया विजनेस काउन्सिल को सहकार्यमा रास्ट्रिय स्तरको उद्यमि सम्मेलन गरिने छ !

 

१५. नेपाल अस्ट्रेलिया (दुइ देशीय) मैत्री सम्बन्ध विस्तार : 

नेपाली समुदायको अस्ट्रेलियामा  वाक्लिदै गएको वढ्दो उपस्थिति लाइ मध्य नजर गर्दै गैर आवासीय नेपाली हरुले याँहाको स्थानीय तथा संघीय / रास्ट्रिय  सरकार संग मिलेर के कसरि नेपाली समुदायको सहज स्थानान्तरण र अन्य जीवन यापन का मामिला तथा व्यवसायिक मामिलामा के कसरि सहयोग लिन, दिन सकिन्छ अध्ययन / परामर्श  गरि विशेस कार्यक्रम हरु (नेपाली भाषा को पहिचान र मान्यता प्राप्ति, अस्ट्रेलियन सरकार ले दिदै आएको विधार्थी छात्रवृद्धि बढाउने पहल कदमी, विधार्थीका लागि प्राप्त हुने अन्य सहुलियत प्राप्तिका कार्यक्रम , साना तथा मझौला उद्योगी,व्यवसायी हरुको हक हित र विकासका कार्यक्रम हरु र इत्यादी) गरिने छ !

 

१६. संस्था को रास्ट्रिय / संघीय दर्ता तथा विधान परिमार्जन सम्बन्धमा :

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एक रास्ट्रिय संस्था भएको ले यस संस्था लाइ संघीय / रास्ट्रिय  सरकार को सम्वन्धित निकाय संग दर्ता ( FEDERAL REGISTRATION WITH ASIC )गरी विद्यमान कानुन आनुसार संस्था लाइ आधिकारिक कोष संकलक ( Authorised  Charitable  Fund  Raiser  Entity  ) तथा प्राप्त सहयोग तथा अनुदानमा  कर छुट प्राप्ति (A deductible gift recipient (DGR) Entity ) को व्यवस्था मिलाईने गरी कार्य गरिनेछ !

About Us  | The Team  | Contact Us  | Objectives  | Disclaimer  | follow us  FACEBOOK  | TWITTER
Copyright 2014 Non-Resident Nepali Association Australia