कार्यकारी अध्यक्ष डा बद्री केसीको
10 Nov, 2023
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (कार्तिक १७ २०८० तदनुसार ३ नोभेम्बर २०२३) गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ ।
यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गर्दछौँ ।
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.