भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन, न्याभ र एनआरएनले संयुक्त रुपमा उनलाई सम्मान गरेका हुन्
07 May, 2024
मेलबर्न, अष्ट्रेलिया । नेपाली राष्ट्रिय क्रिकेटका स्टार व्याट्सम्यान कुशल भुर्तेललाई मेलबर्नमा सम्मान गरिएको छ । भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन, न्याभ र एनआरएनले संयुक्त रुपमा उनलाई १५ सय डलर नगद पुरस्कारसहित सम्मान गरेका हुन् । अष्ट्रेलियाको एक स्थानीय क्रिकेट क्लबबाट खेल्न यहाँ आइपुगेका उनी आगामी जनवरी १५ तारिख स्वदेश फर्कदैछन् । खेल सकाइसकेका कुशललाई अष्ट्रेलियाका विभिन्न राज्यमा भ्रमणको निम्तो दिँदै प्रोत्साहन र हौसला बढाउने काममा नेपाली समूदाय लागेको छ ।
यसैक्रममा मेलबर्नमा गरिएको कार्यक्रममा बोल्दै कुशलले देशभन्दा बाहिर रहेका नेपालीहरुले क्रिकटमा देखाएको उत्साह र साथ निकै महत्वपूर्ण रहेको बताए । कार्यक्रममा भिक्टोरिया एनआरएनका संयोजक मणिरत्न सापकोटा, न्याभका अध्यक्ष प्रेम उप्रेति लगायतले बोलेका थिए भने भिएनसीएका अध्यक्ष सुजीत बस्नेतले १५ सय डलरसहित सम्मान गरेका थिए । कार्यक्रममा एकाका अध्यक्ष रामचन्द्र पौडेल, जनसम्पर्क समितिका अध्यक्ष विनित शर्मा, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र, यशवन्त सुवेदी, एनआरएन आईसीसी, एनसीसी र राज्य तहका पदाधिकारीहरु लगायत उपस्थित थिए ।
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.