अन्तर्रास्ट्रिय विद्यार्थीलाई यातायातमा सहुलियतको ब्यबस्था गर्न पोखरेलको माग
10 Nov, 2023
सिड्नी, २५ जनवरी । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई यातायातमा सहुलियतको ब्यबस्था गर्न अष्ट्रेलियन सरकारसंग माग गरेका छन् । संघको नेतृत्वमा न्यू साउथ वेल्सका बिपक्षी दलका नेताहरुसंगको भेटमा उनले स्थानिय विद्यार्थी सरह ट्राभल कन्सेसनको पहल गरिदिन आग्रह गरेका हुन् ।
संघको अध्यक्ष पोखरेलसहितको टोलीले न्यु साउथ वेल्सको संसद भवनमा बुधवार विहान न्यू साउथ वेल्सका विपक्षी दलका नेता मार्क स्पिकम्यान, छायाँ सरकारका बहुसांस्कृतिक मन्त्री मार्क कुर र संसद सचिव मार्क रोबर्टलाई भेट गरेका हुन् । भेटमा पोखरेलले अन्तराष्टिय विद्यार्थीहरुले स्थानीय बिद्यार्थी भन्दा झन्डै दोब्बर बढी शुल्क तिर्ने तथा यहाँको बासिन्दाकैरुपमा कर तिर्ने भएपनि विथार्थी सहुलियत नपाउनु विभेदकारी भएको टिप्पणी गरेका थिए । तथ्याँकसहित प्रस्तुत भएका उनले चीन र भारतपछि सबैभन्दा धेरै बिद्यार्थी आउने देश नेपाल भए पनि भिसा प्रोसेसिङ सेन्टर नेपालमा नहुँदा कठिनाई भएको भन्दै नेपालबाट भिसा प्रोसेसिङको प्रबन्ध गर्न समेत संघीय सरकारसंग पहल गरिदिन आग्रह गरेका थिए ।
त्यस्तै, अध्यक्ष पोखरेलले अष्टेलियामा तिब्र रुपमा बढेको नेपाली समुदायमा देखिएका समस्याहरुको समाधानका लागि आर्थिक सहायता तथा ग्रान्ट प्रदानमा पनि बिशेष भूमिका खेल्न नेताहरुको ध्यानाकर्षण गराएका थिए । बिगतमा कोभिड तथा खडेरीका कारण यहाँको समुदायमा समस्या परेका बेला नेपाली समुदायले पुर्याएको योगदानको स्मरण गराउँदै नेपाललाई पनि सहयोगको हात बढाउन सुझाएका थिए । उनले नेपालीको पहिचान झल्किने गरी नीति निर्माण, बहुसांस्कृतिक एड्भाइजरी बोर्डमा नेपालीको प्रतिनिधित्व, नेपाली भाषा विद्यालयलाई सहयोग, घरेलु हिँसा, मानसिक स्वास्थ्य लगायतमा सहायता आदिको आवश्यकताबारे नेताहरुलाई स्पष्ट पारेका थिए ।
भेटमा अष्ट्रेलियन नेताहरुले नेपालीहरुले यहाँको समुदाय र आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उठाइएका विषयहरुको समाधानका लागि संघिय सरकार र अरु निकायहरुसंग समन्वयको पहल गर्ने आश्वाशन दिएका थिए ।
छलफलमा संघका अध्यक्ष अनिल पोखरेलसहित एनआरएनए अष्ट्रेलिया एनसिसी मेम्बर सूर्य खनाल, न्यू साउथ वेल्स उपसंयोजक दिपा जोशी, न्यु साउथ वेल्स सेक्रेटरी कल्याण कँडेल, ज्ञान, सिप तथा इनोभेसन समितिका संयोजक रायन श्रेष्ठ, मिडिया तथा पक्लिकेशन समितिका संयोजक गणेश भट्ट, नेशनल स्टुडेन्ट काउन्सिल एड्भाइजरी कमिटीकी सेक्रटरी मानस्वी पौडेल र ट्रेजरर फाइजा परवीन, अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोशिएन (एन्जा) का सल्लाहकार डा. राजु मानन्धर, एनआरएनए न्यू साउथ वेल्स सल्लाहकार प्रकाश क्षत्री लगायतको उपस्थिति थियो ।
एनआरएनए अष्ट्रेलियाले आगामी महिना सत्ता पक्षका नेताहरुसँग पनि भेट गरी नेपाली समुदायका बिभिन्न बिषयमा छलफल गर्ने तयारी छ ।
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.