NRNA Queensland (Parents picnic)
07 May, 2024
अभिभावक वनभोज कार्यक्रम*
विगतझैँ यस वर्ष पनि NRNA Queensland ले नेपाली नयाँ वर्ष को अवसर पारेर १३ अप्रिल २०२४ शनिवार का दिन The Spit Lake Somerset मा बृहत अभिभावक वनभोज कार्यक्रम आयोजना गर्दैछ । नेपाल देखि आऊनुभएका हाम्रा अभिभावक हरुको जमघट, एक अर्का बिच भलाकुसारी र रमाईलो गर्ने गराऊने हेतुले उक्त कार्यक्रम को आयोजना गर्न लागिएको हो।
यो कार्यक्रममा यहाँ रहनुभएका आ-आफ्ना अभिभावकलाई सहभागी गराईदिनुहुन तथा सकेसम्म आफैँ पनि सहभागी भइदिनुहुन सबैमा हाम्रो विनम्र अनुरोध छ।
अभिभावक वनभोज कार्यक्रमका आकर्षणहरू*
निःशुल्क यातायात को व्यस्थापन ( अभिभावक तथा बालबालिकाको हो हकमा)
- स्वादिष्ट नेपाली खाना
- सामान्य स्वास्थ्य परीक्षण
- विविध मनोरन्जनात्मक कार्यक्रम (भजन, नाचगान, गीत , कविता ,लोकदोहोरी)
- आमाबुबाहरूबीच भलाकुसारी र अनुभव साटासाट
- मनोरन्जनात्मक खेलहरू (आमाबुबा र बच्चाहरूको लागि)
- लक्की ड्र
अभिभावक तथा बालबालिकालाई: नि:शुल्क
अन्य वयस्क सहभागीबाट अपेक्षित योगदान: ५० डलर, ( यातायातको व्यवस्था सहित)
परिवार सहित ( बढीमा ३ जना) अपेक्षित योगदानः १०० डलर तोकिएको छ।
मिति: १३ अप्रिल २०२४ शनिवार
समय: प्रस्तान समय बिहान ७ः०० बजे
फर्किने समयः बेलुका ५:३० सम्म ।
विस्तृत जानकारीका लगि
संयोजक
शम्भु गाईसी
0412 552 713
सचिव
श्याम बस्नेत
0451309632.
भवदीय
एन आर एन ए कुईन्लाण्ड परिवार।

F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.