NRNA Queensland (walk for community Centre)
07 May, 2024
‘’समुदायको लागि एकदिन ” भन्ने नाराको साथ NRNA SCC Queensland को अग्रसरतामा Nepalese Association of Queensland र Queensland Nepalese Culture Centre को संयुक्त सहयोगमा मिति 27 April 2024 शनिवार का दिन “Walk for Community Centre” कार्यक्रम आयोजनागर्न लागेका छौ।यस कार्यक्रमको प्रमुख उदेश्य केही घण्टा समुदाएको नाममा हिड्ने र हामीबिच भाईचारा,मित्रताको समबन्ध बिस्तार गर्ने अबसरकोरुपमा लिएकाछौ।
समाजको सम्पुर्ण समाजसेवी,अग्रज,बुद्धिजिबि,संघ संस्थाका प्रतिनिधि खेल प्रेमी ,भिन्न भिन्न खेलका क्लबका प्रतिनिधि तथा खेलाडीहरु ,पत्रकार र व्यवसायीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ।
यो भेटघाट र हिडाईले केही समयको लागि भएपनि शारिरिक र मानसिकरुपमा आफुलाई ताजा राख्न उपयोग होस भन्ने उदेश्य संग संगै भर्खरै मात्र सामुदायिक भवनका लागि खरिद गरिएको जग्गामा भवन वनाउने अभियानमा हामी सबैको एकवद्धता देखाउन र यस अभियानमा सबैको उतिकै स्वामित्व राख्नका लागी केही रकम संकलन गर्न टेवा पुगोस भन्ने पनि हो।यस अभियानबाट संकलन भएको सम्पूर्ण रकम सामुदायिक भवन सहयोगार्थ QNCC लाई हस्तान्तरण गरिने जानकारी गराउंदछौ।यस पबित्र अभियानमा जोडिनको लागी हार्दिक आग्रह गर्दछौ।
भवदीय
शम्भु गाईसी
संयोजक
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.