NRNA Queensland (Mental health and domestic violence)
07 May, 2024
केही समय अघिदेखि अष्ट्रेलिया बिशेष गरी बिघ्यार्थीहरुको प्रमुख गन्तव्यरुपमा रहेको छ।साथै अष्ट्रेलियामा नै स्थाईरुपमा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बाक्लो भैसकेको छ।अष्ट्रेलिया अथाह अबसर संग संगै बहु सांस्कृतिक देश तथा सामाजिक सुरक्षाको व्यवस्था राम्रो भएकोले पनि अष्ट्रेलिया प्राय मानिसको रोजाईमा परेको छ।
तथापी नयां आउदां अबसर भन्दा पनि नयांठाउ नयां परिवेशमा आफुलाई ढाल्नु पर्ने भएकोले आफ्ना अगाडी चुनौतीका पहाड देखिन्छ।हरेक नयां स्थानमा आफुलाई दरिलो गरि उभ्याउन अलिक बढि परिश्रम र बलियो आत्मबल चाहिन्छ तर कहिले कांही यो सबै कुरा गर्दा गर्दै पनि मानिसलाई बिभिन्न कुराले बिक्षिप्त बनाउंछ।
पछिल्लो ८ महिनामा एन आर एन ए अष्ट्रेलिया कुईन्सल्याण्ड राज्यमा मात्रै ८,९ वटा मानसिक स्वास्थय सम्बन्धि र केही घरेलु हिसां सम्बन्धि समस्या आएको छ हामीले सकेको सहयोग साथै उचित परामर्श र केहीलाई नेपाल आफैले लगेर परिवारको साथमा जिम्मा लगाउने केही लागी उपचारको लागी जोहो गरिदिने कार्यसमेत गरेको छौ।
एन आर एन ए अष्ट्रेलिया बिशुद्ध सवंमसेवी संस्था भएकोले भन्न साथ उपस्थिति हुन नसकेको हुन सक्छ हामी संग थोरै संवमसेवी थोरै साधन र स्रोत भएकोले पनि सबैको समस्या एकैचेटी हल गर्न नसकेको या सुनुवाई नभए जस्तो लाग्न सक्नु स्वभाविक हो।
अहिले बढ्दोरुपमा मानसिक स्वास्थय र घरेलुहिसांको घटानाहरु आईरहेको छ।हामी संग भएको स्रोत साधन र जनशक्तिले जति गर्नु पर्ने त्यो भन्दा बढिदिने हाम्रो निरन्तर प्रयास छ ।
थोरै जनशक्ति भएकोले पनि हामी संबै ठांउमा पुग्न नसकेको हुन सक्छ।त्यसैले यस्को परिणाम देखिने गरीकाम गर्न हामीले मानसिक स्वास्थय र घरेलु हिसां समबन्धि सहयोग गर्ने र यो समस्या नजिकबाट बुझ्ने र सुन्ने आबश्यक परे काउन्सिलिगं गर्न सक्ने एउटा दक्ष टिम बनाउदै छौ।
त्यस टिमले समय समयमा मानसिक स्वास्थय र घरेलुहिसां सम्बन्धि जागरण गराउने कार्यक्रम ल्याउन लागेकोले यस क्षेत्रमा बसेर काम गर्ने ईच्छ्या हुनेले आफ्नो ईच्छ्या संगै कही भाबीयोजना सहित हामीलाई ईमेल या फोन सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।।
भवदीय
शम्भु गाईसी
संयोजक
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.