NRNA Western Australia ( Nepal Festival 14 September 2024)
09 Sep, 2024
नमस्कार !! नमस्कार !!!
प्रवासमा रहेर आफ्नो संस्कार र संस्कृति चिनाउने उद्देश्य सहित समग्र नेपाल र नेपाली भाषी सबैको एकताको लागी यो बर्ष पनि नेपाली झण्डा फहाराउन, NRNA WESTERN Australi को आयोजनामा नेपाल फेस्टिभल पर्थ २०२४ गर्दैछौ !
यो हामी सबैका लागि सुनौलो अवसर हो। यो अवसर हाम्रो कला र संस्कृतिलाई छाति खोलेर देखाउने र हाम्रा धरोहरहरुका बारेमा दोस्रो पुस्तालाई चिनाउने हो। अझ बढि, नेपाल र नेपाली भाषीहरु आफ्नै ईतिहास र गौरव बोकेका ईमान्दार , कर्मठ र स्वाभिमानीहरु हुन् भनी विश्वलाई चिनाउने मौका पनि हो।
यसैगरि हाम्रा कला, भेषभुषाहरुको प्रदर्शनले नेपालका बारेमा जान्ने वा जान्न खोज्नेहरुलाई सहयोग गर्दै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र पर्यटकहरुलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि यस कार्यक्रमले राखेको छ।
प्रवासमा बसेका नेपालीले समग्र नेपालको आर्थिक विकासमा पुर्याउन सक्ने यो आभियानमा तपाईंहरु सबैको सहयोगको अपेक्षा राखेको छौ !!
कार्यक्रम हुने स्थान: Supreme Court Garden, Perth
कार्यक्रम हुने मिती: 14 September 2024, Saturday
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.